एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौं, ५ जेठ—नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरूले नियालीरहेको बताए।

शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रिय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको र आफूहरू त्यही तमासा हेरेर बसिरहेको बताए।

‘हाम्रो प्रधानमन्त्रीज्यु अत्यन्तै बिजी हुनुहुन्छ। राष्ट्रिय राजनीतिमा उहाँ भन्दा बढी बिजी कोही पनि छँदै छैन होला । हामीहरू त खाली, तमासा हेरेर मात्रै बस्ने मान्छे पर्‍यौं,’ उनले भने।

यस्तो अवस्थामा राजनीति कतातिर जान्छ भन्ने चिन्ता लागेको पनि अध्यक्ष नेपाले बताए।

यी सबै घटनालाई नियालिरहेका छौं। अवलोकन गरिरहेका छौं । नेपालको राजनीतिले कुन कोर्ष लिएर जाने हो, यो सबै कुराको सन्दर्भमा राम्रो दिशामा यो देशको राजनीति अघि बढोस्,’ उनले भने।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *