दमक, ५ जेठ–साहित्य कला सङ्गम दमकले यसवर्ष पनि ‘तुलसा देवी न्यौपाने स्मृति पुरस्कार’ बितरणसहित सिर्जनशिल रचना वाचनको ३९ओै श्रृङखला सम्पन्न भएको छ । दमक–२ स्थित हिमालय माध्यमिक बिद्यालयको सभाहलमा एक कार्यक्रम गरि हिमावि र दमक ७ स्थित पृथ्वी माध्यमिक बिद्यालयका १० ÷१० जना गरि २० जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई जनही रु ३ हजारका दरले छात्रवृति वापतको पुरस्कार बितरण गरिएको हो ।

कार्यक्रममा सुर्यदर्शन साकोसले व्याग र शैक्षिक सामाग्री बितरण गरेको थियो । सोहि कार्यक्रममा हिमालय माध्यमिक बिद्यालयका शिक्षक टिकाराम भट्टराईलाई उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो । सम्मान वापत शिक्षकलाई रु ५ हजार नगदसहित प्रमाण पत्र, दोसल्ला टीका र माला प्रदान गरिएको थियो ।

हिमाविका प्रधानाध्यापक दोर्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा र सुर्य दर्शन साकोशका सञ्चालक राजकुमार खड्काको बिशिष्ठ आतिथ्यतामा भएको उक्त कार्यक्रममा तुलसादेवी स्मृति पुरस्कारका संस्थापकहरु छविराम न्यौपाने, डा लेखनाथ न्यापाने, गणेश न्यौपाने, प्रदिप न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा साहित्यकारहरुले आफ्ना नव सिर्जनाहरु प्रस्तुत गरेका थिए । रचना वाचन गर्ने साहित्यकारहरुमा साहित्य कला संगमका उपाध्यक्षहरु यादवप्रसाद अधिकारी, दुर्गा खनाल काफ्ले, कोषाध्यक्ष ओमप्रसाद खनाल र साहित्यकारहरु साहित्य कला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डे, सदस्यहरु ओमप्रकाश गौतम, बिरेन्द्र खड्का, किराँती राजा, भुमि बाँस्कोटा, मेघनाथ बन्धु, गोपाल दाहाल, खेमलाल पोखरेल, डिल्ली निरौला, भगवती दवाडी, नेत्र पराजुली, दुर्गा चम्लागाई, बिवेक दुलाल, अर्जुन निरौला, अम्विका सापकोटा लगायतले वाचन गरेका थिए ।

साहित्य कला सङ्गमका अध्यक्ष बिष्णु न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए । सङ्गमले हरेक महिनाको पहिलो शुक्रवार सिर्जनशिल रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएकोमा यो महिना पुरस्कार बितरण र रचना वाचन एकै साथ गरेको हो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *