मोरङ, १ माघ–मोरङको पथरीशनिश्चरे—१ मा धिमाल जातिको परिकारको प्रचार–प्रसार र प्रवर्द्धनको लागि चौथो चिचिरी गेन्द्रो दिवस हुने भएको छ ।

चिगिरी धिमाल जातिले खाने मौलिक खाना हो । ‘सांस्कृति, मौलिकता र स्वस्थ खाना’ भन्ने नाराको साथ फागुन २६ गते पथरीशनिश्चरे—१, को भुल्केमा हुने भएको छ ।

धिमाल जातीय विकास केन्द्रको केन्द्रीय समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी दिवस बारे जानकारी गराएको हो । दिवसमा धिमाल परिकारको चिचिरी गेन्द्रो (फरक धान चामलको स्टिम भात), तोले (बगीया), चुदुर (घँगी), पायाको बिहा (बंगुरको मासु), गोरा (माछा), हाया (स्थानीय रक्सी) लगायतका परिकारहरु रहने बताइएको छ ।

दिवसमा आयोजक आफैले यी परिकारहरु तयार गरेर बिक्री गर्ने आयोजक समितिको सचिव रोमान्सि धिमालले बताए । धिमाल परिकारको प्रचार र सांस्कृतिक प्रदर्शनी स्वरुप दिवस मनाउदै आएको आयोजक समितिको सहअध्यक्ष केदार धिमालले जानकारी दिए ।
बिहानदेखि औपचारिक कार्यक्रम हुने र साँझमा भने चर्चित गायिका रचना रिमालको बेजोड प्रस्तुती रहने आयोजक धिमाल जातीय विकास केन्द्रको केन्द्रीय अध्यक्ष अमरबहादुर धिमालले जानकारी दिए ।

रिमालसँगै गायकहरु डिकबहादुर धिमाल, सन्जिव धिमाल, सुरेश धिमाल, राजेश धिमाल, हास्य कलाकार बिक्रम धिमाल लगायतको प्रस्तुति रहने बताइएको छ ।

कार्यक्रममा ५ लाख रुपैयां खर्च अनुमानि गरिएको सचिव अजित धिमालले बताए । उक्त कार्यक्रमको लागि गेटमा प्रतिव्यक्ति ५० रुपैयाँको टिकट लिने र बाँकी रकम स्थानीय सरकारहरु तथा सहयोगीहरुबाट संकलन हुने बताइएको छ ।

धिमाल समुदायको मौलिक खाना, संस्कतिको प्रचारप्रसार र प्रवद्र्धनका लागि दिवस मनाउन लागिएको सो संगठनले जनाएको छ । पत्रकार सम्मेलनमा संगठनका केन्द्रीय सचिवालय सदस्य मोहन धिमाल लगायतको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *