काठमाडौं, १ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् ।

एकीकृत समाजवादी पार्टी सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले आज (मंगलबार) काठमाडौंमा आयोजना गरेको ४१औँ पिस्कर स्मृति कार्यक्रममा अध्यक्ष नेपालले यस्तो धाराणा राखेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले विगतका गल्तीको सबैले समीक्षा गर्दै राजनीतिमा देखिएको विकृति र विसंगतिलाई अन्त्य गर्नुपर्ने बताए ।

कम्युनिस्ट पार्टीका नेताले पटक पटक मुलुक सञ्चालन गरे पनि जनता सन्तुष्ट हुन नसकेको उनको भनाइ थियो । अध्यक्ष नेपालले पञ्चायती व्यवस्था र राजतन्त्रका साथै ठूला–ठूला द्वन्द्वहरू समाधान गरेकाले नेपालीहरूले आफूलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको धारणा राखे । पाँच हजार वर्ष पुरानो देश नेपाललाई अघि बढाउने जिम्मेवारी सबैको रहेको उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय साम्राज्यवाद र घरेलु प्रतिक्रियावादविरुद्ध निरन्तर लड्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीले बेठिक कुराको विरोध र सही कुराको समर्थन गर्दै न्यायको पक्षमा आवाज उठाउने धारणा राखे ।

निरंकुश व्यवस्थाविरुद्ध संघर्षको विगुल फुकेका योद्धाले २०४० माघ १ गते सिन्धुपाल्चोकको पिस्करमा साहदात प्राप्त गरेको दिनलाई पिस्कर स्मृतिका रूपमा मनाउने गरिन्छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *