काठमाडौँ, २३ माघ–ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणका विषयमा जारी विवाद सुल्झाउन हिजो (मंगलबार) भएको वार्ता सहमतिमा टुंगिएको छ। आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ।

सहमतिअनुसार मुक्कुमलुङ संरक्षक पक्षले अनिश्चितकालीन यातायात बन्द फिर्ता लिएको छ भने माघ २७ गते विहान ११ बजे स्टेशनबारे भने विस्तृत वार्ता हुने जनाइएको छ।

सहमतिअनुसार आन्दोलनमा भएका सबै घाइतेको सरकारले उपचार गर्नेछ। त्यसैगरी केबलकारको स्टेशन निर्माण स्थगन गर्ने र २७ गतेको वार्तामा यसबारे विस्तृत छलफल हुने भएको छ।

आन्दोलनका क्रममा हिरासतमा लिइएका सबैजनालाई पनि रिहा गर्ने ६ बुँदे सहमतिमा उल्लेख छ।

गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा सरकारी वार्ता टोलीले आन्दोलनरत पक्षसँग वार्ता गरेको हो।

सोमवारको वार्तामा आन्दोलनरत पक्षले केबलकार निर्माण तत्काल स्थगित हुनुपर्ने, पक्राउ परेकालाई छाड्नुपर्ने लगायतका माग राखेको थियो। सरकारी वार्ता टोलीले उक्त माग सम्बोधन नगरेपछि वार्ता निष्कर्षमा पुग्न सकेको थिएन।

गृहका सहसचिव भट्टराईको संयोजकत्वमा सरकारले शनिवार वार्ता टोली गठन गरेको थियो। त्यसपछि आन्दोलनरत पक्षले सोमवार प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा वार्ता सहजीकरण समिति बनाएको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *