सुरुङ्गा, २३ माघ–समाजवादी प्रेस संगठन जिल्ला कमिटी झापाको अध्यक्षमा गोविन ल्वागुन चुनिएका छन् । आज (बुधबार) सुरुङ्गामा सम्पन्न भेलाले पत्रकार ल्वागुनको नेतृत्वमा ११ सदस्यीय समाजवादी प्रेष संगठन जिल्ला कमिटी झापाको पुनगर्ठन गरिएको हो ।

पत्रपकार ल्वागुन यसअघिको संगठनका उपाध्यक्ष हुन् । ल्वागुन सताक्षी प्रेस क्लब शिबसताक्षीका उपाध्यक्ष तथा सतासी साप्ताहिक खबर पत्रीकासहित विभिन्न सन्चार माध्यममा कार्यरत छन् ।

कमिटीको उपाध्यक्षद्धयमा रिता दाहाल (मेचीनगर) र डिकेन्द्र बस्नेत (दमक) चयन भएका छन्। त्यस्तै, सचिवमा सुरज प्रधान (अर्जुनधारा), सहसचिवमा नवराज सुवेदी (मेचीनगर), दिपिका लोहार (बुद्धशान्ति) र कोषाध्यक्षमा एलिजा भेटवाल (गौरादह) चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा कमल कटुवाल, डम्बर विक, कमल बुढाथोकी, र जयकुमार राई रहेका छन्।

संगठनका झापा उपाध्यक्ष गोविन ल्वागुनको अध्यक्षतामा र संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नम्बर १ का इन्चार्ज तीर्थ सिग्देलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।

सो भेलामा समाजवादी प्रेष संगठन झापाका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य अनिलदेब राईले संगठनको स्थापना, गतिविधीहरु हालै, सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचन, त्यसमा संगठनको तर्फबाट सहभागिता, मातृपार्टी नेकपा (एकीकृत समाजवादी) र समाजवादी प्रेष संगठनको अन्तर सम्बन्ध, प्रचारपप्रसारका कार्यमा खेल्नुपर्ने भूमिकाको विषयमा आफ्ना बिचरा राख्नुभएको थियो ।

सो भेलामा समाजवादी प्रेष संगठनका संस्थापक तथा बरिष्ठ पत्रकार लीला बराल, नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटी सदस्य बासु दुलाल, जिल्ला उपाध्यक्ष प्रत्युष राना, कनकाई नगर अध्यक्ष तथा युवा संघ समाजवादीका केन्द्रीय सदस्य प्रतिक राजवंशी, पार्टी कार्यालय झापाका सचिव पर्शुराम शंकर लगायतले पत्रकार संगठनको रचनात्मक तथा सृजनात्मक गतिविधि सहितको शुभकामना मन्तब्य राख्नुभएको थियो । त्यस्तैं, बक्ताहरुले समाजवादी प्रेष संगठन र लेखन क्षेत्रमा सीपको विकास गर्दै पत्रकारितामा सशक्त भूमिका खेल्न आग्रह गर्नुभयो ।

कार्यक्रमको सञ्चालन संगठनका जिल्ला कमिटी सचिव सुरज प्रधानले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *