दमक, २३ माघ–स्वरोजगार हलुका सवारी श्रमिक संस्था दमकको अध्यक्षमा पुनः बालकृष्ण श्रेष्ठ चयन भएका छन् । आज (बुधबार) दमकमा सम्पन्न संस्थाको पहिलो अधिबेशनको निर्वाचन कार्यक्रमबाट श्रेष्ठ पुनः अध्यक्षमा निर्विरोध चयन भएका हुन् । उनी तदर्थ समितिका अध्यक्ष समेत भएर जिम्मेवारी निर्वाह गरेका थिए ।

११ सदस्यीय निर्वाचित समितिको उपाध्यक्षमा गौरी बराल, सचिवमा बेनुराज प्रसाईं र कोषाध्यक्षमा अजय मगर (हिरा) चुनिएका छन् । यसैगरि, सदस्यहरुमा मदन मोक्तान,लक्ष्मण धामी, बिक्रम राई (थलित), डेगराज आचार्य, अर्जुन कटुवाल, सन्त श्रेष्ठ, कुमार कार्की चुनिएका छन् ।

सोहि अधिबेशनले उदय श्रेष्ठको संयोजकत्वमा रामप्रसाद कोइराला, ज्ञानु भण्डारी रहेको तीन सदस्यीय लेखा समिति चयन गरेको छ ।निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि दमक ७ का वडाअध्यक्ष भिमप्रसाद पौडेलले निर्वाचित प्रमाणपत्र प्रदान गरेका थिए ।

दमक ७ का वडाअध्यक्ष भिम प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको साधारणसभा उद्घाटन कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रबि केसी, होटल ब्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दंगाल, नेपाल यातायात मजदुर संघ हलुका सवारी ईकाइ समिति दमकका अध्यक्ष खड्ग पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य संस्थाका संस्थापक सदस्य गणेशप्रसाद गौतम राखेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *