ताप्लेजुङ, २४ माघ–पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक प्रदीप मादेन ‘नानी’ सहित तीन जना धरौटी वापत नगद बुझाएर
रिहा भएका छन्।
ताप्लेजुङ जिल्ला अदालतले मादेनलाई १० हजार, सिदिङ्वा गाउँपालिका–५ का लक्ष्मण लिम्बू र तेह्रथुम म्याङलुङका चन्द्रसागर लिम्बू ५–५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
गत माघ १२ गते शनिबार पाथीभरा क्षेत्रको बलुडाँडामा भएको घटनापछि प्रहरीले अनुसन्धानका लागि भन्दै तीन जनालाई नियन्त्रणमा लिएको थियो ।
उक्त घटनापछि आन्दोलनरत पक्ष र सरकारबीच मंगलबार राति भएको वार्तामा पक्राउ परेका आन्दोलनरत पक्षका कार्यकर्तालाई रिहाइ गर्ने सहमति थियो । सोही सहमति अनुसार उनीहरुलाई रिहा गरिएको बताइएको छ ।
