प्रशान्त तामाङ

झापा, २७ पुस– ‘इन्डियन आइडल’ विजेता तथा चर्चित गायक एवं अभिनेता प्रशान्त तामाङको ४३ वर्षको उमेरमा निधन भएको छ।

भारतको दिल्लीस्थित आफ्नै अपार्टमेन्टमा आज (आइतबार) बिहान हृदयघातका कारण उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ।

सन् २००७ मा इन्डियन आइडलको उपाधि जितेर चर्चामा आएका तामाङले नेपाली सुगम संगीत र चलचित्र क्षेत्रमा ठूलो योगदान दिएका छन्।

गायक तथा अभिनेता तामाङले ‘गोर्खा पल्टन २’ बाट नेपाली फिल्ममा अभिनय यात्रा सुरु गरेका थिए भने ‘परदेशी’, ‘निशानी’, र ‘अँगालो मायाको’ जस्ता फिल्ममा मुख्य भूमिका निर्वाह गरेका थिए। उनले अभिनय गरेको बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ प्रदर्शनको तयारीमा थियो।

वीर गोर्खाली’ र ‘असारे महिनामा’ जस्ता लोकप्रिय गीतका गायक प्रशान्त कुनै समय कोलकाता प्रहरीमा समेत कार्यरत थिए। उनका श्रीमती र एक छोरी छन्। उनको असामयिक निधनले कला र संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *