दमक, ४ माघ–इटहरीमा सम्पन्न कोशी प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमक तेक्वान्दो डोजाङका आयुस धिमाल र देन्सु योगीले पदक जित्न सफल भएका छन् ।

आयुस धिमालले ५९ केजी तौल समूहतर्फ स्वर्ण पदक जित्न सफल भएका छन् भने ४६ केजी तौल समूहतर्फ देन्सु योगीले रजत पदक प्राप्त गरेका छन्।

दमक तेक्वान्दो डोजाङबाट कुल पाँच जना खेलाडीहरूले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा दमकका खेलाडीहरूको सफलताबारे दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमालले जानकारी दिएका हुन्।

उक्त प्रतियोगिता सुनसरीको इटहरीस्थित रंगशाला कबडहलमा माघ १, २ र ३ गते सञ्चालन भएको थियो। प्रदेशभरिका विभिन्न क्लब तथा डोजाङका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगिता प्रतिस्पर्धात्मक र उत्साहजनक बनेको थियो।

२०८१ सालमा स्थापना भएको दमक तेक्वान्दो डोजाङले छोटो समयमै खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। डोजाङले तेक्वान्दो खेलको विकाससँगै अनुशासन, आत्मविश्वास र खेलभावना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताइएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *