काठमाडौं, १६ असार–दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत कोलम्बियाले अर्जेन्टिनालाई पराजित गरेको छ । गए राति सम्पन्न खेलमा कोलम्बियाले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

कोलम्बियाको जितमा एर्सन मस्क्वेरा र जेम्स रोड्रीगेजले एक एक गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनाका लागि एक गोल निकोलस गोन्जालेजले गरेका थिए ।

यो जितपछि कोलम्बियाले ८ खेलमा ४ जित र ४ बराबरीसहित १६ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ । त्यसैगरी अर्जेन्टिनाको भने विश्वकप छनौटमा यो दोस्रो हार हो ।

अर्जेन्टिना यो हारपछि पनि ८ खेलमा १८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *