काठमाडौँ, १६ असार–बजेटको विषयमा सत्तारुढ र असन्तुष्ट सांसदहरूबीचको विवाद समाधान हुन नसक्दा कोशी प्रदेश सभा बैठक पुनः स्थगित भएको छ।

मंगलबार दिउँसो १ बजेका लागि तय गरिएको प्रदेश सभाको नवौँ अधिवेशनको १६औँ बैठक स्थगित गरी आगामी असार १८ गते बिहीबारका लागि सारिएको हो।

यसअघि असार ११ गते बिहीबारका लागि निर्धारण गरिएको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरेर मंगलबारका लागि तय गरिएको थियो। तर बजेटमा देखिएको राजनीतिक असमझदारी कायमै रहेकाले सरकारकै आग्रहमा सभामुखले बैठक पुनः दुई दिन पछाडि पुर्‍याएको सभा सचिवालयका सचिव सुदर्शन खड्काद्वारा जारी सूचनामा उल्लेख छ।

‘सभामुखले बैठक सम्वत् २०८३ साल असार १८ गते बिहीबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको छ,’ सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *