फिदिम, १६ असार–अटोे दुर्घटना हुँदा पाँचथरको फिदिम नगरपालिका–४ माझीटारमा चालकसहित ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा अटो चालक फिदिम नगरपालिका–२ ओदिन निवासी ५० वर्षीय दिपक सुब्बा , ६० वर्षीय कुबेर तुम्बापो, ७७ वर्षीय दलप्रसाद तुम्बापो, ३५ वर्षीय कैलाश सुब्बा, ६० वर्षीय राम आङदेम्बे र ७२ वर्षीय वीरबहादुर लिम्बू रहेको पाँचथर प्रहरीले जनाएको छ ।

फिदिमबाट माझीटारतर्फ जाँदै गरेको प्र।१–०३–००१ स ०१११ नम्बरको अटो मङ्गलबार दिउँसो १२ बजे आफै अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा परेका घाइते मध्ये दुईजना कुबेर तुम्बापो र दलप्रसाद तुम्बापोलाई पाँचथर जिल्ला अपतालबाट थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रिफर गरिएकोे पाँचथरका प्रहरी नायव उपरीक्षक अनिष कुमार कर्णले बताए ।

बाकी चार जना घाइतेको अवस्था सामान्य रहेको र दुर्घटनाग्रस्त अटोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *