झापा, १७ असार–पानीमा डुबेर झापाको मेचीनगरमा एकजनाको मृत्यु भएको छ । यसरी ज्यान गुमाउने मेचीनगर-७ का ५० बर्षिय सञ्जय सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार सोरेन मेचीनगर नगरपालिका वडा नम्बर –७ गोमनसरी टोल विकास संस्थानजिकै पानीमा डुवेको अवस्थामा शव फेला परेको हो ।
प्रहरीले नजिकै पालिया नहर रहेकाले नहरमा डुवेपछि उनलाई बगाएको हुन सक्ने अनुमान गरेको छ । उनी दैनिक ज्यालादारीमा मजदुरी गर्दै आएका थिए । मृतक सोरेनकी छोरीले सोे शवको सनाखत गरेकी छन् ।
