झिलझिले, १७ असार–इलामको माई नगरपालिका–८ स्थित मैनाचुली सामुदायिक वनमा मोटरसाइकल रोकेर खोल्सीमा बेहोस भेटिएका युवकको मृत्यु भएको छ ।

मंगलवार दिउँसो ४ः०५ बजे इलाम माई नगरपालिका ८ स्थित मैनाचुली सामुदायिक वनमा मे १० प ८९५७ नं को डुक मोटरसाइकल रोकेर अगाडिको खोल्सीमा माई नगरपालिका–८ दानाबारी बस्ने २९ वर्षीय बिकल गहतराज बेहोस अवस्थामा फेला परेका थिए ।

स्थानीयले देखेर उनलाई उद्धार गरि इलाका प्रहरी कार्यालय झिलझिलेमा खबर गरेका थिए ।

इप्रका झिलझिलेबाट खटिएको टोलीले त्यहाँबाट उपचारको लागि दमक अस्पताल पठाएको थियो । उपचारका क्रममा साँझ ६।१० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका उनले विषादी सेवन गरेका थिए । मृतकको शव दमक अस्पतालमा राखिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *