दमक, १८ असार–सरकारले आउदो वर्षका लागि गरेको कर छुट तथा सुविधाहरु र राजश्व सम्वन्धि दमकका ब्यवसायी वीच छलफल गरेको छ ।

दमक उधोग वाणिज्य संघले सरकारको आर्थिक विधेयक ०८३/०८४ले प्रदान गरेको कर छुट तथा सुविधा र राजश्यका विषयमा छलफल गरेको हो ।

आन्तरिक राजश्य कार्यालय दमकको सहकार्यमा वाणिज्य संघले बिहिबार आयोजना गरेको कार्यक्रममा आर्थिक विधेयक २०८३ को महत्वपूर्ण समय रेखा, विशेष कर छुट, ब्यवसायिक छुट तथा सुविधाहरु, विधुतमा मूल्य अभिवृद्धि कर, संस्था दर्ता ऐन, ०३४ बमोजिम दर्ता भएका वा अन्इ संस्थालाई कर, ब्याच तथा शुल्क मिनाहा सम्वन्धि विशेष ब्यवस्था लगायतका विषयमा प्रशिक्षण दिइएको कार्यवाहक अध्यक्ष भगवान बस्नेतले बताउनु भयो ।

कार्यक्रममा सहभागी ब्यवसायीका नेता शंकर बस्नेतले करदातालाई करबारे सहजीकरण गर्न आन्तरिक राजश्व कार्यालयले हेल्प डेक्स राख्न माग गर्नु भयो ।

ग्राहकले सामाग्री किने पछि पान विल नलैजाने गरेको अवस्था रहेको कार्यक्रममा सहभागी ब्यवसायीले गुनासो गर्नु भएको थियो ।

विलासीता कर, मह कर, अनलाइन कर, ए म.आर.पी.जस्ता विषयमा ब्यवसायीहरु गौतम गुप्ता, रिङ कुमार आचार्य, नन्दकुमार राई लगायतले राखेको जिज्ञासाको जवाफ आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत सूर्यबहादुर कुवँरले दिनु भएको संघका तृतीय उपाध्यक्ष सुवासचन्द्र गड्तौलाले बताउनु भयो ।

करका विभिँन्न विषयमा कार्यालयका कर अधिकृत मनिष भटराई र प्रेम प्रकाश मण्डलले सहजीकरण गरेको वाणिज्य संघका प्रथम उपाध्यक्ष रुबल अधिकारीले जानकारी दिनु भयो ।

ब्यवसायीलाई कारोवारको हिसाव किताब राख्न सहजीकरण होस,आर्थिक वर्ष ०८३/०८४मा तिर्न पर्ने र पाउने छुट सुविधा लगायतका बिषयमा जानकारी दिन कर छुट तथा सुविधा बारे छलफल कार्यक्रम आयोेजना गरेको कार्यवाहक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष भगवान बस्नेतले बताउनु भयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *