काठमाडौं, १९ असार–संवैधानिक परिषद्ले निर्वाचन आयोगको नेतृत्वमा नयाँ पदाधिकारीहरूको सिफारिस गरेको छ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष वालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज बसेको बैठकले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो।

लामो समयदेखि कार्यवाहकको जिम्मेवारीमा सीमित रहँदै आएको निर्वाचन आयोगले अब पूर्णता पाउने भएको छ। प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिस भएसँगै आयुक्त पदका लागि दुई जनाको नाम सिफारिस गरिएको छ।

परिषद्ले पूर्व डीआईजी डा.राजीव सुब्बा र अवकाशप्राप्त सरकारी वकिल गुरु वाग्ले (ओखलढुंगा) लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको हो।

निर्वाचन आयोगको नेतृत्वमा रिक्त रहेको पदाधिकारी पदपूर्ति गर्ने उद्देश्यले आज संवैधानिक परिषद्ले उक्त निर्णय गरेको हो। सिफारिस गरिएका व्यक्तिहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्नेछ र सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था रहेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *