काठमाडौं, ४ साउन–स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै विश्वकप उपाधि जितेपछि १९ वर्षीय लामिन यामलले आँसुमा डुबेका लियोनल मेसीलाई अँगालो हाले।

न्युयोर्क–न्यु जर्सी स्टेडियममा अर्जेन्टिनाका समर्थकहरूले मेसीको नाम गुञ्जाइरहँदा ३९ वर्षीय मेसी लामो समयसम्म उनीहरूलाई हेरिरहेका थिए।

पछि आफ्ना समर्थकहरूतर्फ हेर्दै गर्दा मेसीको आँखाबाट आँसु खसेका थिए। उनी निकै बेर रोइरहे।

भुइँमा बसेर समर्थकतर्फ हेर्दै गर्दा लामिन मेसीलाई अँगालो हाल्न पुगेका थिए।

सम्भवतः विश्वकपको सबैभन्दा ठूलो मञ्चमा उनको अन्तिम उपस्थितिपछि भावुक बनेका मेसीलाई यामलले सान्त्वना दिएका थिए।

यो दृश्य विश्व फुटबलमा पुस्तान्तरणको प्रतीक बनेको छ।

धेरै फुटबलप्रेमीहरूले यसलाई मेसी युगको अन्त्य र लामिन युगको सुरूवात भएको विश्लेषण गरिरहेका छन्।

बार्सिलोनाको नम्बर १० जर्सी लगाउने यामलले क्लबकै इतिहासका सबैभन्दा महान नम्बर १० मेसीलाई अँगालो हाल्नु धेरैका लागि विशेष क्षण बन्यो।

यसअघि सन् २००७ मा २० वर्षीय मेसीले ६ महिनाका शिशु यामललाई नुहाइरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *