काठमाडौं, ६ साउन–बागमती प्रदेशका नेकपा (एमाले) का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।
आजकै मितिदेखि लागू हुने गरी उनीहरूले संयुक्त रूपमा राजीनामा दिएका हुन्।
संयुक्त रूपमा राजीनामा दिएको पत्र मुख्यमन्त्री ईन्द्र बानियाँलाई दिइएको छ। बागमतीमा एमालेबाट ६ जना मन्त्री थिए।
यहाँ कांग्रेस संसदीय दल नेता बानियाँको नेतृत्वमा सरकार छ। एमाले मन्त्रीहरूले राजीनामा दिएसँगै बानियाँ नेतृत्वको सरकार संकटमा परेको छ।
हालै बागमतीमा रहेका १४ मन्त्रालय घटाएर ८ मन्त्रालयमा झारिएको थियो। कतिपय मन्त्रीहरू विनाबिभागीय थिए।
एमाले संसदीय दल नेता जगन्नाथ थपलियाले एमालेका मन्त्रीहरूको राजीनामा स्वीकृत गर्नसमेत आग्रह गरेका छन्।
प्रदेशहरूमा नेकपा एमाले र नेकपा मिलेर सरकार बनाउने गृहकार्य भइरहेको चर्चा छ।
हालै नेपाली कांग्रेसले एमालेसँगको सहकार्यलाई निरन्तरता नदिने निर्णय गरेको थियो।
