दमक, १२ साउन–दमक नगर इसाई समाजले दमकमा मंगबालर बिहान रक्तदान कार्यक्रमसहित विद्यार्थी र खेलाडी सम्मान गरेको छ ।

४८औं विश्व रक्तदाता दिवसको अवसरमा दमक नगर इसाई समाजले दमकमा वर्षेनी (१२ साउन) रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । रक्तदानमा ४० महिलासहित १ सय २ जनाले रक्तदान गरेर सहभागिता जनाएका छन् ।

४८औं विश्व रक्तदाता दिवसमा रक्तदान कार्यक्रमसहित एसईईमा उत्कृष्ट जीपीए ल्याउने ३ जना विद्यार्थी र राष्टिय स्तरको तेक्वान्दो प्रतियोगितांमा दमकबाट सहभागि भएर रजत पदक ल्याउने एक खेलाडीलाई पंशषा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

एसईईतर्फ उत्कृष्ट हुनुहुने दमक–५ ज्योती चर्चकी नाओमि मोहरा (३.५४ जीपीए), दमक–५ ज्योती चर्चकी रेविका लावोती (३.५० जीपीए) र एजी चर्चकी माहेल राई (३.२९ जीपीए) लाई नगदसहित पंशषा पत्र र खादाले सम्मान गरिएको थियो ।

त्यस्तै? दमक–५ की तेक्वान्दो खेलाडी रेशिका (रेशु) धिमाललाई समेत नगद १० हजार रुपैयासहित प्रंशषा पत्र र खादाले सम्मान गरिएको थियो ।

धिमालले राष्ट्रपति रनिङ शिल्डमा दमक नगर स्तरीय, जिल्ला स्तरीय र प्रदेश स्तरीय प्रतियोगितामा बिजेता बन्दै काडमाण्डौंमा सम्पन्न राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगितमा सहभागि भएर रजत पदक जित्न सफल भएका थिईन ।

उनलाई यसअघि कोशी प्रदेश सरकारले रु ५० हजार र सम्मानपत्रले सम्मान गरिसकेको छ । त्यस्तै? दमक नगरपालिकाले नगर सभाको अवसरमा रु १९ हजारसहित सम्मान गरिसकेको छ ।

दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बाको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्य र उपप्रमुख रेगिना भट्टराई प्रसाईको बिशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।

समाजका पूर्वअध्यक्ष तथा अन्तरधार्मिक शान्ति सञ्जाल झापाका अध्यक्ष राजकुमार नाछिरिङ राईले शान्ति प्रार्थना गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । समाजका पूर्वअध्यक्ष आकाश थुलुङ राईले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारे ।

कार्यक्रममा दमक नगर रेडक्रस सोसाइटीका अध्यक्ष गोमादेवी बुढाथोकी, रक्तसंचार विभाग प्रमुख एबम् रक्रदान अभियानकर्मी जीवन चक्र समाज नेपालका अध्यक्ष गणेश गौतम, रक्तदान तथा सम्मान कार्यक्रमका संयोजक पाष्टर युवराज गजमेर, समाजका पूर्व अध्यक्ष पाष्टर किशोर सुनुवार, पूर्व अध्यक्ष पाष्टर दावा शेर्पा, पूर्व सचिव पाष्टर कुमार तामाङ, पाष्टर चन्द्र राई, दिदीबहिनी समुह दमक नगर अध्यक्ष पारु खापुङ राई, युवा संगतीका अध्यक्ष सुरज लिम्बू लगायतको सहभागिता थियो ।

कार्यक्रमको सञ्चालन समाजका सचिव पाष्टर अजय पाठकले गरेका थिए भने कोषाध्यक्ष हरि राईले स्वागत मन्तव्य राखेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *