भारी वर्षा

काठमाडौं, ३१ भदौं–देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ। दिउँसो केही भूभागमा भारी वर्षाको समेत पूर्वानुमान छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोसी र वाग्मती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

मधेस प्रदेशलगायत कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ। कोसी प्रदेशको हिमाली, पहाडी र तराईका साथै वाग्मती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको पूर्वानुमान छ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको विभागले जनाएको छ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *