झापा, ३१ भदौं–मुगु जिल्लालाई केन्द्र बनाएर आज दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार गएराति १ः ५१ बजे र बुधबार बिहान ४ः २८ बजे मुगुको कालाइ केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
राति १ः५१ बजे ४.५ म्याग्निच्युड र बिहान ४ः२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्रका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले जानकारी दिए।
अघिकारीले मुगुको एकै स्थानमा अढाई घण्टाको फरकमा दुईवटा भूकम्प गएको बताए। ‘तर ४.५ र ४.२ म्याग्निच्युडको भूकम्पबाट खासै क्षति हुँदैन। तर सचेत चाहीँ हुनुपर्छ,’ उनले भने।
