काठमाडौं, ३१ भदौं– लिग कपमा लिभरपुलले टोटनहमलाई ३–१ ले हराएको छ।
हिजो भएको खेलमा लिभरपुलका लागि एलेक्स म्याक एलिस्टर, कोडी गाक्पो र डोमिनिक सबोसलाईले गोल गरे।
योसँगै लिभरपुल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ । हारले टोटनहमको समस्या अझ गहिरिएको छ।
अर्को खेलमा आर्सनलले इपस्विच टाउनलाई ४–२ ले पराजित गरेको छ। पोर्टमन रोडमा भएको खेलमा आर्सनलका लागि म्याक्स डाउमनले दुई गोल गरे।
आर्सनल यो सिजन खेलका सबै छ खेलमा विजयी रहेको छ। हिजोका अन्य खेलमा ब्रेन्टफोर्डले रिडिङलाई २–१ र फुलहमले वेस्ट ह्यामलाई ३–२ ले हराएको छ।
