केपी शर्मा ओली

काठमाडौं, ६ असोज–नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक आज पनि जारी रहने भएको छ। बैठक ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेपछि सुरु हुने कार्यक्रम छ।

सोमबारदेखि सुरु भएको बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यसूची रहेको छ।

एमाले सचिवालयका अनुसार प्रतिवेदनमाथिको छलफललाई व्यवस्थित बनाउन प्रत्येक केन्द्रीय सदस्यलाई बोल्नका लागि तीन मिनेटको समय निर्धारण गरिएको छ।

बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष ओलीको प्रतिवेदनमा समेटिएका राजनीतिक तथा संगठनात्मक विषयमाथि आफ्ना धारणा, सुझाव र प्रश्न प्रस्तुत गर्नेछन्।

सोमबारको बैठकमा अध्यक्ष ओलीले पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठनको अवस्था तथा आगामी कार्यदिशासहितका विषय समेटेर प्रतिवेदन प्रस्तुत गरेका थिए। आजको छलफलपछि प्रतिवेदनमा उठेका विषय तथा सुझावका आधारमा बैठकले थप निर्णय गर्ने अपेक्षा गरिएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *