दमक, ६ असोज–दमक तेक्वान्दो डोजाङले आज (मंगलबार) दमकमा तेस्रो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा दुईवटा केक काट्नुका साथै मिठाई वितरण गरिएको थियो ।
दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा एक सक्षिप्त कार्यक्रमको आयोजना गरेर डोजाङले तेस्रो वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा डोजाङका अध्यक्ष जीतबहादुर (जीतु) धिमालसहित सिनियर प्रशिक्षक, जुनियर प्रशिक्षक, पत्रकारहरु र खेलाडीहरु सहभागि थिए ।
आजैको दिन अर्थात २०८१ साल असोज ६ गते दमक तेक्वान्दो डोजाङले विधिवत दर्ता पाएको थियो ।
दमक तेक्वान्दो डोजाङका अध्यक्ष जीतु धिमालका अनुसार दमकको विभिन्न विद्यालयसहित गौरादह, कमल र इलामको चुलाचुलीका विद्यालयमा तेक्वान्दो खेल प्रशिक्षण सञ्चालन भइरहेको छ ।



