दमक, ६ असोज–झापाको शिबसताक्षी–८ झिलझिलेमा मुख्य कार्यालय रहेको छिमेकी वचत तथा ऋण सहकारी संस्थको आज मंगलबारे सेवा केन्द्रको इकाईगत २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शिबसताक्षी–२ मंगलबारे बजारमा छिमेकी वचत तथा ऋण सहकारी संस्थाको मंगलबारे सेवा केन्द्रमा मंगलबार २०औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । वार्षिक साधारणसभाको अवसर पारेर मंगलबारे सेवा केन्द्रमा कारोबार गर्ने विभिन्न विषयतर्फका उत्कृष्ट सदस्यहरुलाई प्रशंषा-पत्र र पुरस्कार वितरण गरिएको थियो ।

छिमेकी साकोस मंगलबारे सेवा केन्द्र सहयोग समितिका संयोजक विष्णुप्रसाद चिमरियाको अध्यक्षता र केन्द्रीय सञ्चालक समितिका अध्यक्ष उदयप्रकाश राईको प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभाको उद्घाटन गरिएको थियो ।

उद्घाटन समारोहमा बाल बचततर्फ रुबिना बुढाथोकी र आरब सापकोटा पुरस्कृत भएका थिए । त्यस्तैं, शेयर कारोबारतर्फ सदस्यहरु पुर्णबहादुर बस्नेत, सुनिता गुरुङ, मुनाकुमारी तामाङ, तारादेबि थापा उत्कृष्ट हुँदै पुरस्कृत भएका छन् ।

उत्कृष्ट हुने बाल वचत तर्फ र उत्कृष्ट सदस्यहरुलाई समारोहका प्रमुख अतिथि एबम् छिमेकी वचत तथा ऋण सहकारी संस्था सञ्चालक समिति अध्यक्ष उदयप्रकाश राई, प्रमुख कार्यकारी अधिकृत नबीन ओली र सचिव बिनोद सापकोटा लगायतले प्रशंषा-पत्र र पुरस्कार वितरण गर्नुभएको थियो ।

मंगलबारे सेवा केन्द्र सहयोग समितिका सदस्य ज्ञानेन्द्र कुमार निङ्लेखुले स्वागत मन्तव्य राख्नुभएको वार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत नबीन ओलीले संस्थाको आर्थिक वर्ष २०८२।०८३ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

वार्षिक साधारणसभाको उद्घाटनमा सञ्चालक समितिका सचिव बिनोद सापकोटा, नारायणप्रसाद ढकाल, मंगबालरे सेवा केन्द्र सहयोग समितिका सदस्य केशव बरुवाल लगायतको उपस्थित थिए ।

सो कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी केशव आचार्यले गर्नुभएको थियो ।

छिमेकी साकोसको कनकाई नगरपालिकाको सुरुङ्गा, कमल गाउँपालिकाको केर्खा, दमक नगरपालिकाको दमक–६ हनुमान मन्दिर, शिबसताक्षी–५ पाँचगाछीस्थित जनता बजार र शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजारमा सेवा केन्द्रहरु सञ्चालनमा आएका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *