इलामको एक विद्यालयमा बान्तवा भाषामा पढाइने

इलाम, ३० मंसिर–इलाम जिल्लामा पहिलो पटक बान्तवा भाषामा पठन पाठन हुने भएको । इलामको माङसेबुङ– ६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा बान्तावा भाषाको पठनपाठन हुने भएको हो । विद्यालयले माङसेबुङ गाउँपालिकाको…

अध्यादेश सर्वसत्तावाद र निरंकुशताको थप प्रमाणः कांग्रेस वरिष्ठ नेता पौडेल

काठमाडौं, ३० मंसिर–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अध्यादेश सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको थप प्रमाण भएको बताएका छन् । नेता पौडेलले संवैधानिक निकायमा आफू अनुकूलका मानिस भर्ने कुत्सित…

फुटतर्फ एक कदम अघि बढ्यो नेकपा

काठमाडौं, ३० मंसिर–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद, विग्रह र विभाजनको प्रयास नवीन कुरा भएन । पार्टी एकतादेखि नै यो अभ्यास चलिरहेको छ । एमाले र माओवादी केन्द्र विघटित भएर नेकपा…

नेकपामा अब ‘वार कि पार’ !

काठमाडौं, ३० मंसिर–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद नौलो त होइन । तर, चुनावका बेला स्वार्थका कारण जोडिएको पार्टीमा एकता प्रक्रिया पूरा नहुँदै चिरा पर्ने लक्षण एकपछि अर्को देखिएका…

थप ९३६ जनामा कोरोना संक्रमण, १,९९६ जना निको, १४ को मृत्यु

काठमाडौं, ३० मंसिर–नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या…

कोरोनाले थप १४ जनाको मृत्यु, मृतकको संख्या १७३० पुग्यो

काठमाडौं, ३० मंसिर–पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या नेपालमा एक हजार सात सय ३० पुगेको छ ।…

बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति निर्वाचित भएको औपचारिक घोषणा

काठमाडौं, ३० मंसिर–अमेरिकाको राष्ट्रपति पदमा जो बाइडेन विजयी भएको औपचारिक घोषणा भएको छ । देशभरका इलेक्टोरल कलेज सदस्यले बाइडेनको जितलाई औपचारिकता दिएका हुन् । अब बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा…

नेपाली लेग स्पिनर सन्दीप अस्ट्रेलिया प्रस्थान

काठमाडौं, ३० मंसिर–नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न आज (मंगलबार) अस्ट्रेलिया प्रस्थान गरेका छन् । लिगअन्तर्गत पहिलो ६ खेल गुमाउने सन्दीपले त्यसपछिका खेल भने खेल्नेछन् । बिहीबारबाट सुरु…

भन्सार छलेर भारतबाट ल्याएको ट्रयाक्टर बरामद

सुनसरी, ३० मंंसिर–भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको १६ लाखको ट्रयाक्टर प्रहरीले बरामद गरेको छ । मोरङ सुनवर्षी नगरपालिका ७, गुद्री चोकबाट प्रहरीले ट्रयाक्टर बरामद गरेको हो । जिल्ला प्रहरी…

अमेरिकापछि क्यानाडामा पनि लगाइँदै कोरोना खोप

एजेन्सी (काठमाडौं), ३० मंसिर–क्यानाडामा पनि कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप लगाउने तयारी थालिएको छ । अमेरिकाले सोमबारदेखि नै आफ्ना नागरिकलाई यो खोप लगाउन शुरु गरिसकेको छ । क्यानाडामा पहिलो चरणको खोप…