Month: March 2024

धनकुटास्थित बाल पुनर्स्थापना केन्द्रलाई दुई लाख सहयोग

धनकुटा, १८ चैत—गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् महिला विभागले धनकुटा नगरपालिका ४ देब्रेबासमा रहेको बाल पुनर्स्थापना केन्द्रका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ । केन्द्रमा रहेका बालबालिकाको शिक्षा…

पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढ्यो

काठमाडौँ, १८ चैत–नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ। इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेकाले यसो गर्नुपरेको निगमले उल्लेख गरेको छ।…

ऊँ मेची हस्पिटलले निसन्तान दम्पतीका लागि उपचार र परमर्श गर्दै

दमक, १८ चैत–दमकस्थित ऊँ मेची हस्पिटलले महिला तथा पुरुषमा हुने बाँझोपन समस्या सम्बन्धि एक दिने निःशुल्क शिविर आयोजना गर्ने भएको छ । भारत शिलिगुरीस्थित न्यूलाईफ फर्टीलिटी सेन्टरका अनुभवि चिकित्सकहरुको प्राविधिक…

सभापति देउवा भन्छन्ः ‘कांग्रेसलाई बहुमत ल्याउन सक्ने पार्टी बनाउनुपर्छ’

काठमाडौं, १८ चैत–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन सक्ने पार्टीको रूपमा कांग्रेसलाई स्थापित गर्नुपर्ने बताएका छन् । मंगलादेवी सिंह फाउण्डेशनले आइतबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा देउवाले अहिले कांग्रेस…

अध्यक्ष ओलीले भनेकालाई पद दिन तीन दिनदेखि रोकियो एमाले झापाको अधिवेशन

दमक, १८ चैत–नेकपा (एमाले) झापाको अधिवेशन तीन दिनदेखि जारी छ। उद्घाटन सत्र सकेर बन्द सत्र सुरू भए पनि नेतृत्व चयन प्रक्रिया अघि बढ्न सकेको छैन। अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म…

अब बैंकको ऋण तिर्छुः बीएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईं

काठमाडौँ, १८ चैत–मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने बताएका छन् । झापास्थित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन पाउने सर्वोच्चको आदेशपछि बैंकको ऋण तिर्ने घोषणा गरेका हुन् ।…

पृथ्वीनगरस्थित कीचकवध उत्खननः २२ सय वर्षअघिका पाँचवटा भवनको संरचना

झापा, १८ चैत–भद्रपुर–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ। उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो। पुरातत्वविद् उद्धव…

चर्च ब्वाइजले चुम्यो इटहरी गोल्डकपको उपाधि

सुनसरी, १८ चैत–अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली…

शारिरीक सम्बन्ध नराख्ने श्रीमानविरुद्ध श्रीमतीले दिइन् उजुरी

काठमाडौं, १८ चैत–भारतको विहार राज्यको मुजफ्फरपुरमा एक महिलाले शारिरीक सम्बन्ध नराखेको भन्दै श्रीमानविरुद्ध प्रहरीमा उजरी दिएकी छन्। प्रहरीले श्रीमानसहित ६ जनाविरुद्ध उजुरी दर्ता गरेको छ। र, प्रहरीले यस विषयमा अनुसन्धान…

मनोक्रान्ति साधक तिलक लिम्बूले शुरु गरे आजदेखि ७ दिने भू-तपस्या

दुर्गापुर (झापा), १७ चैत–झापामा मनोक्रान्ति साधक तिलक लिम्बूले शनिवारदेखि ७ दिने भू-तपस्या शुरु गरेका छन् । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेशन फाउण्डेशनको परिसरमा मनोक्रान्ति साधक लिम्बूले जमिन मुनी बसेर…