Month: April 2024

एमाले नेता बस्नेतविरूद्ध जबरजस्ती गर्भपतन गराएको आरोप लगाउँदै प्रहरीमा जाहेरी

काठमाण्डौं, २५ चैत–एमाले नेता महेश बस्नेतले आफूलाई बलात्कार गरेको र जबरजस्ती गर्भपत गराइदिएको भन्दै एक महिलाले प्रहरीमा जाहेरी दिएकी छन्। प्रहरीले भने जाहेरीका बारेमा नै बुझ्ने काम गरिरहेको बताएको छ।…

निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्छौं‚ सरकारले मुठभेड ननिम्त्याओस्ः लिङदेन

काठमाडौँ, २५ चैत–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले चैत २७ गते पार्टीले निषेधित क्षेत्रहरु तोडेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा प्रदर्शनकारीलाई उत्तेजित नबनाउन र मुठभेड ननिम्त्याउन सरकारलाई चेतावनी दिएका…

महाधिवेशनका लागि एकीकृत समाजवादीका चार दस्तावेज तयार

काठमाडौँ, २५ चैत–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न १०औं महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् । राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा…

हतियार देखाएर दिनदाहाडै लुटियो मनि ट्रान्सफरको साढे १५ लाख

सिरहा, २५ चैत–सिरहामा दिउँसै हतियार देखाएर मनि ट्रान्सफरको रकम लुटिएको छ । सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी…

स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं, २५ चैत–आज स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। डब्लुएचओ स्थापना भएको दिन पारेर हरेक वर्ष अप्रिल ७ मा यो दिवस मनाइँदै आएको छ। यो वर्ष ‘मेरो स्वास्थ्य, मेरो…

विश्वडुबा बहुउद्देश्यीय युवा कृषक समूहलाई कृषि उपकरण वितरण

शिबगन्ज, २४ चैत–झापाको शिवसताक्षी नगरपालिकाले नगरभित्रका कृषकहरुलाई व्यावसायिक बनाउन कृषि उपकरण वितरण गरेको छ । शिवसताक्षी–४ को विश्वडुबा बहुउद्देश्यीय युवा कृषक समूहलाई नगरपालिकाले मकै रोप्ने मेसिन र मकै–धान कुटानी–पिसानी गर्ने…

चाराआलीस्थित पाउ पाथीभरामा श्रीमद् बाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञ हुने

चाराआली (झापा), २४ चैत –झापा मेचीनगरको चाराआलीस्थित पाउ पाथीभरा मन्दिर परिषरमा श्रीमद् बाल्मिकीय रामायण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानव कल्याणल र…

इलाम–२ मा नेकपा (एकीकृत समाजवादी) ले जित्छः सम्मानित नेता खनाल

इलाम, २४ चैत–पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्ती झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गगर्नु भएको छ। शनिवार इलाममा…

इलाम २ मा नेकपा (एकीकृत समाजवादी) बाट राईसहित २० जनाको मनोनयन दर्ता

इलाम, २४ चैत–वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार मुख्य निर्वाचन…

जीवन चक्र समाजद्धारा दमकमा शुभकामना आदान-प्रदान

दमक, २४ चैत–दमकमा समाजिक संस्था जीवन चक्र समाजले आउदै गरेको नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजिक क्षेत्रमा सक्रिय देखिदै आएको समाजिक संस्था जीवन चक्र…