साहित्यकार, लेखक तथा प्राध्यापक वीरेन्द्र थोक्लीहाङ 'वीरेनजी'

झिलझिले, १९ पुस–साहित्यकार, लेखक तथा प्राध्यापक वीरेन्द्र थोक्लीहाङ ‘वीरेनजी’ पुरस्कृत भएका छन् । झापाको शिबसताक्षी –११ झिलझिले निवासी साहित्यकार र प्राध्यापक ‘वीरेनजी’ इतिहासकार तथा साहित्यकार इमानसिंह चेम्जोङको १ सय २२औं जन्म–जयन्तीको अवसरमा पुरस्कृत भएका हुन् ।

विर्तामोडस्थित सिरिजङगा चौकमा रहेको किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यालयमा आयोजित गुञ्जमान सुब्बा (आङ्बुहाङ्) को स्मृतिमा स्थापित पुरस्कारबाट वीरेनजीलाई पुरस्कृत गरिएको हो ।

किरात याक्थुङ चुम्लुङका संघीय उप–महासचिव डा.योगेन्द्र पालुङ्वाले लेखक तथा साहित्यकार ‘वीरेनजी’लाई रु ५ हजार नगदसहित सम्मान पत्रद्वारा पुरस्कृत गरे ।

कार्यक्रममा प्रमुख अतिथि डा.पालुङ्वा, संघीय सदस्य अमृत योङहाङ्, पूर्व केन्द्रीय उपाध्यक्ष साहित्यकार हरि हुक्पा चोङबाङ्, पूर्व केन्द्रीय सदस्य तथा जिल्ला सल्लाहकार राधा सुब्बा, राष्ट्रिय चुम्लुङ सदस्य नरेनहाङ लिम्बू, समाजसेवी क्याप्टेन जगनध्वज वनेम, पुरस्कृत व्यक्तित्व वीरेनजी, जिल्ला सदस्य धर्म लक्सम्बा, कियाचु विर्तामोड अध्यक्ष हिमालय प्रकाश कन्दङ्वा, कियाचु भद्रपुर नगर अध्यक्ष मुना इजम कन्दङ्वा, पूर्व जिल्ला सदस्य तथा जिल्ला सल्लाहकार योगचन्द्र आङ्बुहाङ लगायतले इतिहासकार इमानसिंह चेम्जोङ र स्व.गुन्जमानको योगदान र जीवनी चर्चा गरेका थिए ।

किरात याक्थुङ चुम्लुङ झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा जिल्ला उपाध्यक्ष हस्तबहादुर आङ्देम्बेले स्वागत मन्तव्य राखेका थिए भने सचिव भिममाया नेम्बाङले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

गतवर्ष सोहि पुरस्कार लेखक तथा साहित्यकार हरि हुक्पा चोङबाङलाई प्रदान गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *