प्याराग्लाइडिङ

उदयपुर, २५ माघ–उदयपुरको बेलका नगरपालिका–८ बोक्ताङमा बुधबार दिउँसो प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना जापानिज नागरिकको मृत्यु भएको छ ।

जापानबाट नेपाल घुम्न आएका चार जापानिज नागरिक मध्ये एकजनाको प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गएको हो । ज्यान गुमाउनेमा ७२ वर्षीया जापानिज नागरिक काजी ताकासी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिए ।

जिल्लाको बेलका नगरपालिका–८ स्थित बोक्ताङ डाँडामा रहेको प्याराग्लाइडिङ स्थलबाट आफै प्याराग्लाइडिङ गरी उडेका उनी सोही स्थानमा रहेको फुटबल ग्राउण्डमा ल्याण्ड गर्ने क्रममा घाइते भएको र तत्काल उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको थियो ।

उपचारका लागि तत्कालै घोपा पठाइएकोमा ताकासीको उपचारको क्रममा बुधबार साँझ निधन भएको प्रहरीले जनाएको छ । ताकासीको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *