Month: March 2024

झापा गोल्डकपः उद्घाटन खेलमा एपीएफ क्लब विजयी

बिर्तामोड, १९ फागुन–छैटौं झापा गोल्डकप अन्तरगत आज उद्घाटन खेल एपीफ क्लब विजयी भएको छ । गोलरहित बराबरीमा सकिएको खेल पेनाल्टी सुटआउटमा परिणत भएको थियो । संकटा क्लबका खेलाडीको लगातार दुई…

झापामा समाजवादी मोर्चाले शहिद दिवसलाई विशेष कार्यक्रमका साथ मनाउने

बिर्तामोड, १९ फागुन–समाजवादी मोर्चा नेपाल जिल्ला कमिटी झापाले शहिद दिवसमा विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । बिर्तामोडमा आज (शनिबार) सम्पन्न समाजवादी मोर्चाको बैठकले फागुन २१ गते शहिद दिवसका दिन…

नेकपा (एकीकृत समाजवादी) बिर्तामोड नगर कमिटी पुनःगठन, अध्यक्षमा सिटौला

बिर्तामोड, १९ फागुन–नेकपा (एकीकृत समाजवादी) बिर्तामोड नगर कमिटीलाई आज पुनःगठन गरिएको छ । बिर्तामोडमा शनिबार सम्पन्न नगर कमिटीको विस्तारित बैठकमा पुनःश्रीप्रसाद सिटौलाको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी पूनःगठन गरिएको हो…

महिला फुटबल खेलाडीलाई एन्फाले जनही ५१ हजार दिने

काठमाडौं, १९ फागुन–अखिल नेपाल फुटबल संघ (एन्फा) ले वाफ च्याम्पियनसिपमा सहभागी महिला खेलाडीलाई प्रोत्साहनस्वरूप ५१ हजार रुपैयाँ दिने भएको छ। वाफमा सहभागी भई शुक्रबार राति स्वदेश फर्केको महिला फुटबल टोलीलाई…

सरकारको नेतृत्व एमाले नगरी देशको विकास र समृद्धि हुँदैनः शङ्कर पोखरेल

महोत्तरी, १९ फागुन–नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताएका छन्। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित एमाले पार्टी कार्यालयमा आज बिहान पत्रकार सम्मेलन…

शहिद प्रजापति सापकोटा स्मृति प्रतिष्ठानले गोलधापमा जनवादी गीति कार्यक्रम गर्दै

गोलधाप (झापा), १९ फागुन–झापाको बाह्रदशी–५ स्थित गोलधापमा शहिद प्रजापति सापकोटा स्मृति प्रतिष्ठानले फागुन २१ गते आयोजना गर्न लागेको बृहत् जनवादी गीति कार्यक्रमको तयारी पुरा गरेको छ । प्रतिष्ठानले शनिबार (आज)…

सशस्त्र प्रहरी र स्थानीयवासीबीच झडप, पाँचजना घाइते

काठमाडौं, १९ फागुन–झापाको पूर्वी नाका मेचीनगरको सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र स्थानीयवासीबीच झडप हुँदा ​पाँचजना घाइते भएका छन्। प्रहरी र नेपाल-भारत सामान ओसारपसार गर्ने स्थानीयवासीबीच झडप भएको हो। घाइतेमध्ये…

नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतलाई गृह जिल्लामा अभिनन्दन

ताप्लेजुङ, १९ फागुन–नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पुर्‍याएको भन्दै उनलाई नागरिक अभिनन्दनसहित सम्मान…

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने

काठमाडौं, १९ फागुन–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्। शुक्रबार शुरू भएको प्रदेश सभाको हिउँदे अधिवेशनअन्तर्गत शनिबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्रीले दिउँसो…

साफ यू-१६ महिला फुटबलः नेपालले आज बंगलादेशसँग खेल्ने

काठमाडौं, १९ फागुन–जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे च्यासल मैदान ललितपुरमा शुरु हुनेछ। उद्घाटन खेलमा…