सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ शिबसताक्षीको नेतृत्व चयन

अनिलदेब राई/झिलझिले, २२ चैत–झापाको शिबसताक्षी नगरभरी सञ्चालित सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रतिनिधिमुलक संस्था सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको आज दुधेमा सम्पन्न भेलाले नेतृत्व चयन गरेको छ । शिबसताक्षी–११ दुधेस्थित राष्ट्रिय…

झिलझिलेमा मेयर कपः शिबसताक्षी नगरपालिका वडा नं ८ र ११ बिजयी

गोविन ल्वागुन/झिलझिले, २२ चैत–झापाको झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा जारी शिबसताक्षी नगर मेयर कपको आज भएको खेलमा वडा नं ८ र वडा नं ११ विजयी भएका छन् । शुक्रबार,…

विर्तामोडस्थित यातायात कार्यालयबाट बिचौलिया प्रक्राउ

चारपाने (विर्तामोड), २२ चैत–झापाको विर्तामोडस्थित यातायात व्यवस्था कार्यालय झापाबाट आज बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सञ्चार माध्यममा बिचौलियाका कारण सेवाग्रहीले दुःख पाएको जनगुनासो बढेसँगै शुक्रबार कार्यालयबाट जिल्ला प्रहरी कार्यालय…

नेकपा (एकीकृत समाजवादी) संखुवासभाको अध्यक्षमा शाक्य

संखुवासभा, २२ चैत–नेकपा (एकीकृत समाजवादी) को ९ औं जिल्ला अधिवेशनबाट सुमन शाक्य निर्विरोध चयन भएका छन्। शाक्य जिल्ला समन्वय समितिका प्रमुख हुन् । ४७ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा उपेन्द्र राई…

नेकपा (एकीकृत समाजवादी) सल्यानको अध्यक्षमा गौतम

सल्यान, २२ चैत–नेकपा (एकीकृत समाजवादी) सल्यानको अध्यक्षमा रमेश गौतम निर्वाचित भएका छन् । पार्टीको २० र २१ गते भएको नवौं जिल्ला अधिबेसनबाट गौतम निर्विरोध चयन भएका हुन् । निर्वाचन गर्नुभन्दा…

पाँचथर कुम्मायककी प्रतिमा सम्बाहाम्फेको डढेलोमा परी मृत्यु, चार जना घाइते

पाँचथर, २२ चैत–वनमा लागेको डढेलोमा परी एक युवतीको मृत्यु गएको छ । चार जना घाइते भएका छन् । कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोमा परी बिहीबार सोही वडाको हात्तीपोखरीकी २६…

काठमाडौं विश्वकै प्रदूषित शहर सूचीको पहिलो नम्बरमा

काठमाडौं, २२ चैत–काठमाडौं विश्वकै प्रदूषित शहर सूचीको पहिलो नम्बरमा परेको छ। आईक्यू एअरका अनुसार शुक्रबार बिहान काठमाडौंको वायु गुणस्तर २३२ एक्यूआई पुगेको छ। विश्व स्वास्थ्य संगठन डब्लूएचओले निर्धारण गरेको मापदण्डअनुसार…

श्रद्धालुहरुले जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य दिई सकियो चैती छठ

जनकपुरधाम, २२ चैत–जनकपुरधाम लगायत सम्पूर्ण मिथिलाञ्चलमा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चैती छठ पर्व सम्पन्न भएको छ। श्रद्धालुले जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चैती छठ समापन भएको हो।…

लागुऔषध ब्राउनसुगरसहित झापा र सुनसरीबाट १२ जना पक्राउ

झापा, २१ चैत–झापा र सुनसरीको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । चैत २० गते झापाको अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्क झापाबाट गस्तिमा खटिएको प्रहरी टोलीले…

हुन्डी कारोबार गर्ने एक जना काठमाडौंबाट पक्राउ

काठमाडौं । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंको महाबौद्धबाट एक जनालाई पक्राउ गरिएको छ । काठमाडौं महानगरपालिका(२७ स्थित महाबौद्धबाट भारतको सुजा-३ जोगिन्दर नगर घर भई काठमाडौं महानगरपालिका(६ बौद्ध बस्दै आएकी…