वृद्ध भत्ता बढेर ४ हजार पुग्‍यो

काठमाडौं, १५ जेठ–सरकारले यो वर्ष वृद्ध भत्ता मासिक एक हजार बढाएर ४ हजार पुर्‍याएको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८।७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।…

कामचलाउ सरकारले बजेट ल्याउने बेला होइनः पूर्व अर्थमन्त्री वर्षमान पुन

काठमाडौं, १५ जेठ–नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले बजेट ल्याउने बेला नरहेको टिप्पणी गरेका छन्। कामचलाउ सरकारले अध्यादेशबाट आगामी आर्थिक…

ओलीले आफ्नो लोकप्रियताको लागि दस्तावेज ल्याः पूर्वमन्त्री महत

काठमाडौं, १५ जेठ–नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री मन्त्री डा.प्रकाशशरण महतले काम चलाउ सरकारले ल्याएको बजेट संवैधानिक र व्यवहारिक रुपमा पूर्णरुपमा असफल भएको टिप्पणी गरेका छन्। सरकारले अध्यादेशबाट आगामी आर्थिक वर्ष…

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

काठमाडौं, १५ जेठ–सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ रु खर्ब ७८ अर्ब…

दमक कोभिड उपचार केन्द्रमा थप एक संक्रमितको मृत्यु

दमक, १५ जेठ–झापाको दमकमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दमक ५ का ७५ बर्षिय पुरुष हुन । उनको आज बिहान २ बजे दमक-२ स्थित…

४ हजार ४८७ जना नयाँ संक्रमित, ११६ जनाको मृत्यु

काठमाडौं, १५ जेठ–मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १४ हजार ७५२ जनाको पीसीआर–एन्टिजेन परीक्षण ४…

एमाले ओली पक्षीले माग्यो सुदूरपश्चिमका ६ मन्त्रीसँग स्पष्टीकरण

कैलाली, १५ जेठ–नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केपी शर्मा ओली पक्षले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री बनेकालाई स्पष्टीकरण सोधेको छ। पार्टीको प्रदेश कमिटीले स्थायी कमिटी बैठकले गरेको निर्णय विपरीत…

वामदेव गौतमले सम्झिए गणतन्त्रविरुद्ध उभिएका तीन नेता

काठमाडौं, १५ जेठ–नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको प्रस्ताव राख्दा पार्टीका तीन नेता तत्कालीन समयमा विपक्षमा रहेको खुलासा गरेका छन्…

अमेरिकी बजेटः प्रस्तावित आकार ६९ नील ६० खर्ब, नेपालको भन्दा ४१० गुणा ठूलो

काठमाण्डौंं (एजेन्सी), १५ जेठ–अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ ट्रिलियन अमेरिकी डलर बराबरको नयाँ बजेट प्रस्ताव गरेका छन्। प्रस्तावित बजेटको आकार नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदर अनुसार ६९ नील…

राष्ट्रपतिबाट जारी भयो बजेट अध्यादेश

काठमाडौं, १५ जेठ–राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारी गरेकी छिन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपतिले आर्थिक अध्यादेश, विनियोजन र राष्ट्र…