भारतले भन्योः ‘नेपाललाई तत्काल कोरोना खोप उपलब्ध गराउने सम्भावना छैन’

काठमाडौं, ५ जेठ–भारतीय कम्पनी सिरम इन्स्टिच्युटले पुसअघि नेपालमा कोरोनाविरुद्धको खोप उपलबध गराउन नसक्ने स्पष्ट पारेको छ । नेपालले सिरमबाट खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप अझै प्राप्त गर्न…

भारतमा कोरोनाबाट एकै दिन ४,५२५ को मृत्यु

नयाँदिल्ली, ५ जेठ–भारतमा कोरोना सङ्क्रमणबाट एकै दिन चार हजार पाँच सय २५ जनाको ज्यान गएको छ । कोरोना भाइरसबाट एकै दिन ज्यान गुमाएको यो कुनै पनि देशको सबैभन्दा धेरै संख्या…

कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु

काठडमाडौं, ५ जेठ–कोरोना संक्रमणका कारण गएरातिदेखि अहिलेसम्ममा बाँके, बुटवल र झापामा, मोरङ गरी थप ३२ जनाको मृत्यु भएको छ। बाँकेमा कोरोना संक्रमणबाट एकैरातमा थप १७ जनाको मृत्यु भएको छ। गएरातिदेखि…

रूपन्देहीमा कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सात जनाको मृत्यु

रुपन्देही, ५ जेठ–कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातजनाको मृत्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीनजनाको मृत्यु भएको हो ।…

नेपालमा भारतीय भेरियन्टको कोरोना फैलिएको पुष्टि

काठमाडौँ, ५ जेठ–नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो…

अमेरिकी राष्ट्रपति बाइडेन र ह्यारिसको कमाइ कति छ ?

एजेन्सी (काठमाडौं), ५ जेठ–डोनाल्ड ट्रम्प प्रशासनमा बेवास्ता गरिएको राष्ट्रपतिको आयकर सार्वजनिक गर्ने ह्वाइटहाउसको पुरानो परम्परा यस वर्ष जो बाइडेनले पुनः स्थापित गराएका छन् । पेस गरिएको डाटाअनुसार राष्ट्रपति बाइडेन र…

झापामा कोरोना संक्रमित गर्भवतीलाई घरबेटीले डेराबाट निकाले, टहरामा छाडेर श्रीमान पनि बेपत्ता

झापा, ५ जेठ–कोरोना भाइरस संक्रमित गर्भवती श्रीमतीलाई डेरामै वेवारिसे छाडेर झापाका एक व्यक्ति बेपत्ता भएका छन् । झापाको मेचीनगर नगरपालिका–१३ चारआली बजार नजिकै डेरा गरी बस्दै आएकी गर्भवती श्रीमतीलाई बेवारिसे…

राष्ट्रिय फुटबल टोली घोषणा, खेलाडीहरू व्यापक परिवर्तन

काठमाडौं, ५ जेठ–इराकसँगको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदस्यीय टिमको घोषणा गरेका छन्। जहाँ थ्री नेसन्स कप उपाधि जित्ने टोलीका अधिकांश सदस्य परिवर्तन गरिएको छ। १३ खेलाडी परिवर्तन…

जसपाले आफ्नै नेतृत्वमा सरकार बनाउने

काठमाडौं, ५ जेठ–जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने भएको छ । पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै…

लम्जुङमा पुनः ५.३ रेक्टरस्केलको भूकम्प

काठमाडौं, ५ जेठ–लम्जुङको भुलभुले केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । विहान ८ः२६ मा ५.३ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा…