डाँका समूहको गोली प्रहारबाट एकै घरका दुईजना घाइते
जनकपुरधाम, २० जेठ–महोत्तरीमा डाँका चोरीमा संलग्न समूहको गोली प्रहारबाट एकै परिवारका दुईजना गम्भीर घाइते भएका छन्। महोत्तरीको सोनमा गाउँपालिका–३ खखनास्थित रामविश्वास यादवको घरमा मङ्गलबार राति डाँकाचोरी भएको हो। सोही क्रममा…
भुटानी शरणार्थी समस्या समाधान गर्न माग
काठमाडौं, १९ जेठ–भुटान पिपुल्स पार्टीले भुटानी शरणार्थी समस्याको सम्मानजनक र दिगो समाधानका लागि आवश्यक कूटनीतिक तथा राजनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ। पार्टीको ३६औं स्थापना दिवसका अवसरमा अध्यक्ष बलराम…
नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट
काठमाडौं, १९ जेठ–नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनोट भएको छ । एसियन गेम्स छनोट अन्तर्गत मंगलबार भएको समूह ए को खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै…
‘भारतको सीमा कहाँ-कहाँ मिच्यो, पुष्टी गर्नुपर्छ’
काठमाडौं, १९ जेठ–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ (साम्पाङ) ले देशको सार्वभौमसत्ता र अखण्डताको विषयमा सत्ता र प्रतिपक्ष नहुने बताएका छन्। आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष साम्पाङले देश…
वीरगन्जका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ
काठमाडौँ, १९ जेठ–वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको आठ दिनपछि उनलाई आज बिहान पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। जिल्ला…
नेविसंघमा पहिलो पटक महिला नेतृत्व, धनकुटाकी करुणाले पाइन जिम्मेवारी
काठमाडौं, १९ जेठ–नेपाली कांग्रेस पार्टी निकट विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पहिलो पटक छात्रा नेतृत्व प्राप्त गरेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले धनकुटाकी करुणा कटुवाललाई नेविसंघको…
पूर्वगृहमन्त्री गुरुङ छानबिन सकियो, प्रतिवेदन तयार पार्न समितिले माग्यो ५ दिन
काठमाडौं, १९ जेठ–पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो अनुसन्धानको मुख्य काम सकेको छ । तोकिएको समयसीमा सोमबार सकिए पनि प्रतिवेदनलाई पूर्णता दिन समितिले सरकारसँग थप ५ दिनको…
बिजुलीमा करः नागरिकलाई कति घाटा, सरकारलाई कति फाइदा
काठमाडौं, १८ जेठ–साउनदेखि नेपालका लाखौँ घरधुरीको बिजुली बिलमा एउटा नयाँ शीर्षक थपिने भएको छ—५० युनिटभन्दा धेरै बिजुली खपत गरेबापत ५ प्रतिशत कर । रकम सुन्दा धेरैलाई लाग्न सक्छ, ‘महिनाको २०,…
रवि भारत पुगे, विमानस्थलमा सांसद सिंहले गरे स्वागत
काठमाडौँ, १८ जेठ–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको नयाँ दिल्ली पुगेका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा नयाँ दिल्ली पुगेका सभापति लामिछानेको टोलीलाई भारतीय जनता पार्टीका राष्ट्रिय महासचिव…
झापा इनर्जी प्लान्टमा आगलागी, ६ करोडको क्षति
झिलझिले, १८ जेठ–झापाको शिवसताक्षी–४ पाँचगाछी बोलोचोकस्थित झापा इनर्जी प्लान्टमा आज दिउँसो अचानक आगलागी भएको छ। सोमबार, झापा इनर्जी प्लान्टमा आगलाागीबाट रु ६ करोड बराबरको क्षति भएको छ । आगलागीको कारण…
