सरकारलाई पूर्णता दिन केन्द्रित छौँ, छिट्टै मेलम्ची जान्छौँः प्रचण्ड

काठमाडौं, २४ साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित भएको बताएका छन्। प्रकृति विपद्‌ संकटग्रस्त सिन्धुपाल्चोकको तर्फबाट सर्वदलीय समितिबाट ध्यानाकर्षण पत्र बुझेपछि प्रचण्डले…

उपचार खर्च तिर्न नसक्दा झापाकी चार महिने शिशु भारतमा बन्धक

झापा, २४ साउन–उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बंगाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम) ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ। आन्द्रा दोब्रिएर बिरामी…

राष्ट्रपति र अध्यक्ष ओलीसँग भीम रावलको भेट

काठमाडौं, २४ साउन–नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । राष्ट्रपति र अध्यक्ष ओलीसँगको भेलगत्तै नेकपा एमालेको आज बोलाइएको केन्द्रीय…

एसईईमा मनपरी नम्बर

काठमाडौं, २४ साउन–राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षाफल प्रकाशन गरेको छ । विद्यालयहरुले यसपालि पनि विद्यार्थीलाई आफूखुसी अस्वाभाविक नम्बर दिएका पाइएको छ ।…

नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी

काभ्रे, २४ साउन–प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले…

भारतीय जङ्गलमा हत्या गरी फ्याँकिएको अवस्थामा नेपाली युवकको शव फेला

कञ्चनपुर, २४ साउन–कञ्चनपुरको सीमावर्ती गाउँ ब्रह्मदेवका एक युवकको हत्या भएको छ । २० साउनदेखि घरबाट सम्पर्कविहीन भएका भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका २० वर्षीय कमल ओडको हत्या भएको हो । उनको हत्या गरेर भारतीय…

भूपू गोर्खा सैनिककी छोरी बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध

लन्डन, २४ साउन–भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छिन् । उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी छिन्…

चार जिल्लामा कार्यकर्ता भेला गर्दै महन्थ ठाकुर पक्ष

काठमाडौं, २४ साउन–जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षले कार्यकर्ता भेलालाई तिव्र पारेको छ । आज तेस्रो दिन चारवटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ । सुनसरी,…

सत्ता गठबन्धनको साझा न्यूनतम् कार्यक्रम आज सार्वजनिक गरिने

काठमाडौं, २४ साउन–सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आइतबार…

भूमि आयोग संविधान विपरित भनेर कुतर्क नगरौंः डा.तुम्बाहाङफे

काठमाडौं, २३ साउन–नेकपा एमालेकी नेतृ एवम् निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री डा.शिवमाया तुम्बाहाङफेले बिघटित भूमिसम्बन्धि समस्या समाधान आयोग संविधान, ऐन र नियम विपरित रहेको भनेर कुतर्क नगर्न सरकारलाई…