गृहमन्त्री श्रेष्ठले भेटे कांग्रेस सभापति देउवालाई

काठमाडौं, २७ साउन–उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेटेका छन्। देउवाको सचिवालयका अनुसार उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार साँझ धुम्बाराही पुगेका थिए। देउवा र श्रेष्ठबीच केहीबेर छलफल…

तीन दिन भारी वर्षाको सम्भावना

काठमाडौं, २७ साउन–जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार मनसनुको न्यूनचापीय रेखा नेपाल नजिकसँगै भारतको…

जसपाकी सांसद निर्मला लिम्बू कोशी प्रदेश सरकारमा स्वास्थ्य मन्त्री बनिन

विराटनगर, २६ साउन–कोशी प्रदेश सरकारमा जनता समाजवादी पार्टीकी एक्ली सांसद निर्मला लिम्बू आज स्वास्थ्य मन्त्री बनेकी छन्। प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार लिम्बूलाई पद तथा गोपनीयताको सपथ खुवाएका छन्। सभामुखले…

सिके राउत नेतृत्वको जनमत पार्टी आइतबार सरकारमा सहभागी हुने

काठमाडौं, २६ साउन—सिके राउत नेतृत्वको जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। प्रधानमन्त्री र जनमत निकट स्रोतका अनुसार पार्टी आइतबार सरकारमा सहभागी हुने भएको हो।…

लडाकु शिविरलगायत मुद्दाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्छः बाबुराम

काठमाण्डौं, २६ साउन–नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले भ्रष्टाचारसम्बन्धी मुद्दाको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नु जरूरी रहेको बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले देशका प्रमुख कार्यकारी माथि नै प्रश्न…

काँकरभिट्टा नाकाको निगरानी अब सीसी क्यामेराबाट गरिने

काँकरभिट्टा, २६ साउन–झापाको काँकडभिट्टामा सिसीक्यामेरा जडान गरिएको छ । नाकाको सुरक्षा र निगरानीका लागि सिसीक्यामेरा जडान गरिएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार सिसीक्यामेरा…

अर्जुनधाराका सन्तोष सिञ्जाली मगर सहयोगको पर्खाईमा

नवेश गुरुङ/अर्जुनधारा, २६ साउन–झापाको अर्जुनधारा नगरपालिका–२ को एक परिवार पीडै पीडाबाट गुज्रिरहेको छ । हाल युवा अवस्थाका एक जना परिवारका सदस्य ३१ वर्षीय सन्तोष सिञ्जाली मगर सामाजिक अगुवाहरुको सहयोगमा उपचारपछि…

कनकाईमा दुई बालबालिकाको खाल्डोमा डुबेर मृत्यु, गाउँ नै शोकमा

कनकाई (सुरुङ्गा), २५ साउन–झापाको कनकाई नगरपालिका–१ स्थित सिर्जना टोलमा आज दिउँसो खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । स्थानीय विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र अर्का प्रकाश…

सांसद सुनिल शर्मा पक्राउ

झापा, २५ साउन–नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।…

पथरीशनिश्चरेमा विश्व आदिबासी दिवस, शेर्पा भन्छन ‘आदिबासीलाई विभेद र अत्याचारको सीमा नाघे हतियार उठ्न सक्छ’

मोरङ, २५ साउन–नेपाल आदिबासी जनजाति महासंघ पूर्ब सघीय महासचिव आङ्काजी शेर्पाले आदिबासी जनजाति विरुद्ध विभेद र अत्याचारले सीमा नाघेमा हतियार उठ्न सक्ने चेतावनी दिएका छन् । मोरङको पथरीशनिश्चरे—१, स्थित साकेला…